वाम कार्यदल/बैठक
नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलले मुख्यमन्त्री, सभामुख र उपसभामुख पद बाँडफाँडको टुंगो लगाएको छ । कार्यदलको हिजो बसेको बैठकमा प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री पद एमालेले लिने तथा ६ र ७ माओवादी केन्द्रले लिने सहमति भएको छ । यसैगरी एमालेले प्रदेश नम्बर १, ३, ६ र ७ सभामुख लिने तथा माओवादीले ४ र ५ लिने सहमति पनि भएको छ ।
प्रदेश ४ र ५ उपसभामुख एमालेले र १, ३, ६ र ७ माओवादी केन्द्रले लिने सहमति कार्यदलमा भएको छ । यसैबीच मन्त्रिपरिषद्को संख्या प्रदेश सभाको अनुपातमा ७ देखि ११ को बिच रहने पनि बैठकमा सहमति भएको कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले बताउनुभयो ।
यसैगरी प्रदेशको मन्त्रिपरिषदमा एमालेको ७० र माओवादी केन्द्रको ३० प्रतिशतको अनुपातमा रहने पनि नेता नेम्वाङले बताउनुभयो ।